नाडाको चुनाबी माहोल तात्यो, दुबै पक्षद्वारा प्यानल घोषणा (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 12:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि २ समूहबीच रस्साकस्सी चुलिएको छ । अध्यक्षमा २ जना धुब्र थापा र करण कुमार चौधरी दाबेदार छन् । 

मंसिर २२ र २३ गते हुने साधारणसभाबाट नाडाले नयाँ नेतृत्व पाउने छ । सहमतिको प्रयासमा अध्यक्ष कृष्ण प्रसाद दुलालसहितका व्यक्तिहरु लागिरहे पनि यसपटक निर्वाचन नै हुने देखिएको छ । 

चुनाव आउने दिन नजिकिएसँगै नेतृत्वका दाबेदारले प्यानल नै बनाएर देश दौडाहामा निस्किन थालेका छन् । अध्यक्षका प्रत्यासी थापाले १२ सदस्यीय आधिकारिक प्यानल सार्वजनिक गरेका छन् । थापा प्यानलमा आकाश गोल्छा, दिपेन्द्र कुमार मिश्रा, मोहन बाबु खड्का, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश सिग्देल, प्रदिपमान प्रधान, ऋद्धि कार्की, संजय खेतान र शुभासिस थपलिया छन् । 

प्यानल घोषणा गरेलगत्तै पूर्वको भ्रमणमा निस्किएका थापाले झापाको विर्तामोड, इटहरी र विराटनगरका व्यवसायीसँग अन्तक्रिया गरिसकेका छन् । उनले ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् ।

उता चौधरीको टिमले तिहारअघि नै पोखराबाहेक सबै ठाउँको भ्रमण सकिसकेको छ । नाडाका अधिकांश पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरीको प्यानलबाट चुनाव लड्दै छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved