विभिन्न स्थानमा महिन्द्राको २एस सर्भिस सेन्टर संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 01:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका विभिन्न स्थानहरुमा महिन्द्राको २एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालैे तीन नयाँ २एस सव–डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा संचालनमा ल्याएको हो।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप​, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड​, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर​, पाल्पा संचालनमा ल्याउँदै छ ।

मुख्यमन्त्री कुलप्रसाद के. सी. तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माले मंसिर २, २०७८ मा मैनाबगर अटोल्यान्डको उद्घाटन गरेका हुन् । त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

“हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव​–डिलरहरु संचालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ ।“ महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले भने। यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved