बजाज डोमिनार २५० चालकहरुको जोमसोममा ५ दिने राइड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 01:13:01 PM मा प्रकाशित

laxmi  sunrise bank

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्ने भएको छ। जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो ५ दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ । राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ।

यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने र , डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिने कम्पनीले उल्लेख गरेको छ ।





Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved