फोर्डद्धारा नेपाली ग्राहकहरुप्रति पारिवारिक सेवाको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 05:17:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइल्स प्रा. लि. ले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकहरुलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ । अ

मेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो । 

फोर्डले #CommittedToServe नामक नयाँ अभियान शुरु गरेको छ, जसले उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ्ग र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिन्छ । 

यस नयाँ अभियानले अघि ल्याएको सन्देश:

स्पेयर पार्टस्मा सहज पहुँच

पार्टस्को लागतको साथ स्वामित्व लागतमा पारदर्सिता

विस्तारित वारेन्टीको प्रतिज्ञा

सेवाको गुणस्तरमा पारिवारिक अनुभूतिको प्रतिबद्धता 

“पारिवारिक अनुभूृृृतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टु सर्भ अभियान अघि बढाइएको हो जसअनुरुप सदाझैं फोर्ड तपाईंहरुको साथमा छ भन्ने विश्वस्त पार्ने बारेमा हो । यो प्रतिबद्धता नेपालमा जि.ओ. फोर्डमा रहेका सक्षम र व्यावसायिक टोली मार्फत तपाईंहरुलाई दिइ रहनेछ,” फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक श्री विनय रैनाले भने ।

भारतको अग्रणी अटो पत्रिका अटोकारको एन्नुअल भेहिकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिबद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ, जसकारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरु मध्ये एक बनेको छ । यस सर्वेक्षण अनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरु सबैभन्दा किफायती छन् । 

यस प्रतिबद्धतालाई दोहो¥याउँदै जि.ओ. अटोमोबाइल्स प्रा. लि. का प्रबन्ध निर्देशक आकाश गोल्छा भन्नुहुन्छ, “हामी फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड ¥याप्टर जस्ता मोडलहरु तेस्रो मुलुकबाट आयात जारी राख्नेछौं र स्पेयर पार्टस्को उपलब्धता र वारेन्टी पनि उपलब्ध गरिरहने छौं । यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरुबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र हामीलाई ग्राहकहरुलाई अझ प्रभावकारी रुपमा सेवा दिन मद्दत गर्नेछ ।”

यस कम्पनी र यसका उत्पादनहरुप्रतिको विश्वासका लागि ग्राहकहरुलाई धन्यवाद दिँदै, कम्पनीले पारिवारिक अनुभूतिको रुपमा उत्कृष्ट सेवाहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved