नेपालमा नेक्सन इभी म्याक्स सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 07:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ ।  नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित रु .४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

उत्कृष्ट एवं  दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नँया उचाई पुर्याउने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।                

कम्पनीले भनेको छ '४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले  विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ ।    यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ । '

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved