रोयल इनफिल्डको वान राईड सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 10:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इनफिल्ड बाइकको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२३ कार्यक्रम संम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए ।

कम्पनीका अनुसार यसपटक पनि वान राईड विश्वभर एकै दिन आयोजना गरिएको थियो । यस राइडको नारा :One Mission World | One World | One Ride रहेको कम्पनीले जनाएको छ।

वान राईड २०२३ कार्यक्रम यही भदो ३१ गते, विहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर लाकुरे पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना सहभागीहरु लाई दिइएको कम्पनीले जनाएको छ। नेपालमा काठमाडौं लगायत १३ शहरमा राइड सम्पन्न भएको थियो ।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्धेश्य अनुसार लाकुरेमा रहेको श्री बासुकि मा. वि. आधारभुत विद्यालयका सबै विद्यार्थीहरुलाई हुने गारि खेलकुद र म्युजिकल इन्टुमेन्ट र केहि नगद सहयोग वितरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन Scram 411, Hunter 350 मोटरसाइकलका साथै १०० भन्दा धेरै सहभागी भएका थिए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने र PURE RIDE को उद्देश्यले यो राइड आयोजना गर्न थालिएको कम्पनीले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved