हेलिकप्टर व्यवसायीको टाउको दुखाइ बन्यो-फेक रेस्क्युका समाचार

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 28, 2019 | 11:19:06 PM मा प्रकाशित

laxmi  sunrise bank

हेलिकप्टर व्यवसायीहरुले फेक रेस्क्युसम्बन्धमा प्रकाशनमा आएका समाचारबारे आपत्ति जनाएका छन। पर्यटकीय सिजनकै बेला नियोजित ढंगले नै  यस्ता समाचार सार्वजनिक भएको आशंका व्यक्त गर्दै हेलिकप्टर सोसाइटी अफ नेपालले बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो। 

'पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई विरामी वनाई रकम असुली, फेक रेष्क्युको विषयमा, ट्रेकिङ एजेन्सी, हेलिकप्टर अपरेटर, अस्पताल सञ्चालकहरुको सांठगांठमा ठगिन्छन' भन्ने समाचारले नेपालको पर्यटनलाई प्रतिकुल असर पर्ने हेलीकप्ट व्यवसायीहरुको भनाई छ। 

केहि व्यक्ति तथा संघसंस्थाको खराब आचरणको कारणले भएका यस्ता घटनाले यस क्षेत्रसंग जोडिएका व्यवसायीहरुको बद्नाम हुने भन्दै सम्बेदनशील भएर समाचार सम्प्रेषण गर्न हेलिकप्टर सोसाइटी नेपालले आग्रह गरेको छ। 

नेपालका सवै हेलीकप्टर कम्पनीहरुले आफ्नो उद्देश्य अनुसार हेलिकप्टरवाट सेवा प्रदान गर्दै आएको स्पष्ट पार्दै हेलिकप्टर व्यवसायीहरुले देशको विभिन्न स्थानमा पदयात्रा पर्वतारोहणमा रहेका पर्यटकहरुलाई लेक लाग्ने, स्वास्थ्य तथा विपद पर्दा समयमा जीवनरक्षाको लागि तत्काल उद्धार कार्य गर्ने उद्देश्यले सवै हेलिकप्टर कम्पनीका दक्ष प्राविधिकलाई हाई अल्टिच्युड रेष्क्यु सम्वन्धी तालिम गराई उद्धार कार्य गर्दै आईरहेको जानकारी गराएका छन। 

बिज्ञप्तीमा भनिएको छ, 'पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपदको उद्धारको नाममा हुने गरेका कुनै पनि अनिधिकृत क्रियाकलापमा यस संस्थाका सदस्यहरुको संलग्नता नरहेको र रेष्क्युको प्रकियामा हेलिकप्टर कम्पनीकहरुको केवल उद्धार गर्ने काम मात्र हुने र सोही वापतको रकम सम्वन्धित आदेश गर्ने कम्पनीहरुवाट लिने गरेको र इन्सुरेन्स कम्पनीहरुले हेलीकप्टर अपरेटरहरुलाई सिधै उडान दिने समेत नगरेको अवस्थामा पटक पटक अवान्छनिय आरोप लगाई पटक पटक समाचारमा प्रकाशन गर्नुले यसमा केही सिमित व्यक्तिहरुको ठुलो खेल रहेको छ कि भन्ने शंका उप्जाएको छ।'

'पर्यटक खोज, उद्धार,उपचार, तथा अनुगमन सम्वन्धी कार्यविधि २०७५' लागू भैसकेको अवस्थामा सिजन शुरु हुनु भन्दा अगाडी पुनः सोही प्रकारका समाचारहरु आउनुले शंका उत्पन्न गरेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिब योगराज कंडेल शर्माले बताए। समाचारमा आएजस्तो हेलिकप्टर कम्पनीहरुको संग्लनता नहुने र उद्धारका क्रममा हेलिकप्टरहरुको भुमिका कहाँ र कति हुन्छ प्रष्ट पार्न खोजिएको उनको दाबि छ।    

अन्तराष्ट्रिय इन्सुररमा एजेन्ट समेत भएको संस्थाले पटक पटक यदि मितिमा नभए बन्द गर्छौ भनेर चेतावनी दिने र त्यसलाई नै आधार मानेर समाचार सम्प्रेषण हुना सरकारले घोषणा गरेका भ्रमण वर्ष २०२० मा विसलाख पर्यटक भित्राउने लक्ष्यलाई असर पर्ने सोसाईटीको बुझाई छ। 

नेपाल सरकार, नेपाल पर्यटन वोर्डको वेभसाइटमा रहेको दररेटमा उद्धार उडान गर्न अनुरोध गर्दै गैरकानुनी क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्न गराइने विषयमा हेलीकप्टर कम्पनीहरु प्रतिवद्ध रहेको सोसाइटीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved