करोडौँ बक्यौता नतिरेको एयर एशियालाई फेरि ल्याउने तयारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 19, 2019 | 01:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको निजी अन्तराष्ट्रिय वायुसेवा कम्पनी एअर एशिया एक्सले नेपाललाई बुझाउनुपर्ने १३ करोड रुपैयाँ बक्यौता नतिरेको विषय विस्तारै सेलाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सेप्टेम्बर २०१८ मा एयर एशियालाई कूल बक्यौताको १० करोड रुपैयाँ चुक्ता जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दियो । चेतावनी लगत्तै एअर एसियाले ७ करोड १४ लाख रुपैयाँ तिर्‍यो । तर बाँकी १३ करोड नतिरी २०७५ असोज २७ गते नेपाल छोड्यो ।

बक्यौता नउठाई ग्राउण्डेड गरिएको जहाज फर्कन दिएपछि सो बेलाको नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थलको नेतृत्वको आलोचना भएको थियो । तर विमानस्थलले भने काठमाडौंस्थित मलेसियाली दूतावासले बक्यौता रकम उठाउन सघाउने बताएपछि विमानलाई फीर्ता जान दिईएको बताएको थियो । उक्त विमान कम्पनीले ३ सयभन्दा बढी सिट क्षमता भएको ‘ए ३३०’ सिरिजको ‘वाइड बडी’ जहाजबाट काठमाडौँ–क्वालालम्पुर उडान गथ्र्यो ।

विमानस्थललाइृ मात्रै होईन, एयर एशियाले नेपाल पर्यटन बोर्डलाई समेत ७ करोेड २३ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । एयर एशियाले नेपाल छोड्ने बेलामा विमानस्थलको महाप्रवन्धक रहेका राजकुमार क्षेत्री हाल नेपाल नागरिक उड्डयन प्राधिकरणको उप–महानिर्देशक छन् । एयर एशियाले लाग्ने जति शुल्क तिरको तर नेपालले लगाएको जरिवाना तिर्न अटेर गरेको उनको भनाई छ । मलेसियामा जरिवाना लगाउने चलन नभएको भन्दै उसले तिर्न नमानेको तर फेरि नेपाल आउने इच्छा देखाएको उप–महानिर्देशक क्षेत्री बताउँछन् ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved