सुडान उडेको श्री एयरको जहाज किन ‘आउट अफ कभरेज’ भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2020 | 11:18:39 AM मा प्रकाशित

laxmi  sunrise bank

शान्ति मिसनमा खटिएका बेला हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिन श्री एअरलाइन्सको जहाज सुडान उडेको छ । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको चैत्र १७ गते ड्युटीकै क्रममा हृदयघातका कारण ज्यान गएको थियो । उनको शव लिन श्री एअरको नाइन एनए एमबी कलसाइनको ७२ सिट क्षेमताको जहाज सुडान उडेको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विष्टको शव फर्काउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको छ । 

करिब ६ घण्टाको समय लाग्ने काठमाडौँ–सुडाउन उडानमा श्री एयरको जहाज भने पाकिस्तानी आकाश छुन लाग्दै गर्दा ‘फ्लाइटराडर’मा ‘आउट अफ कभरेज’ देखाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जुन जुन देशको छोएर उडान भर्ने हो, ति देशसँग अनुमति लिएर उडेका कारण कुनै समस्या नआउने दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक राजकुमार क्षेत्रीले पनि जहाज ‘नर्मल’ रुपमै उडिरहेको खबर आएको बताएका छन् । ‘पाकिस्तानमाथि हाम्रो कन्ट्रोल हुँदैन, नर्मल फ्लाईट भईरहेको खबर आएको छ’ उनले भने, ‘कुनै अप्रिय घटना भएको भए तुरुन्तै खबर आउँथ्यो, त्यस्तो केही भएको छैन, जहाज उडिरहेको छ ।’

प्राधिकरणका अनुसार भारत, पाकिस्तान, अफगानस्तान, इरान, कुवेत र कतारलगायत देशसँग चार्टर उडानको अनुमति लिईएको छ । जहाज नेपाली सेनाले चार्टर गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved