कोरोनाले ६ महिना थन्किएका जहाज चढ्न कति सुरक्षित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 11:10:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत्र ११ गतेबाट मूलुकभर लकडाउन गरेको थियो । लकडाउन, खुकुलो लकडाउन, निषेधाज्ञा र खुकुलो निषेधाज्ञासम्म आइपुग्दा ५ महिना बितिसकेको छ । लकडाउनकै बेलादेखि विमानस्थलमा थन्किएका जहाजहरु मर्मत नगरी सञ्चालन गर्न नसकिने वायुसेवा प्रदायकहरु बताउँछन् । 

आन्तरिक उडान खुलाउन विभिन्न समयमा मिति तोकिएपनि सरकार पछि हट्दै आएको छ । अन्य देशमा पनि सुरुमा आन्तरिक र बाह्य दुबै उडानमा रोक लगाइएको थियो । तर, आन्तरिक उडान खोलेर त्यसैको आधारमा अन्तराष्ट्रिय उडान क्रमशः खुल्दै गएको भएपनि नेपालमा भने आन्तरिक उडान नै खुलेको छैन । बरु केही केही अन्तराष्ट्रिय गन्तव्यमा उडान खुलाईएको छ ।

जहाज नउड्दा पार्टपूर्जा सुरक्षित छन् भन्न मिल्दैन

गाडी, ट्रक जस्ता साधनहरुको पार्टपूर्जा चल्दा भन्दा नचल्दा चाँडो बिग्रने गरेको पाइन्छ । विमानको हकमा भने कही पार्टपूर्जा यस्ता हुन्छन्, जुन जहाज उडे पनि नउडे पनि निश्चित अवधिपछि स्वतः यीनको आयु समाप्त हुन्छ । लामो समय प्रयोगमा नआउँदा केही पार्टपूर्जा स्वतः काम नगर्ने अवस्थामा पुगिसकेको हुन सक्ने वायुसेवा प्रदायक कम्पनीहरु बताउँछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रत्यक्ष निगरानीमा जहाजहरु चल्ने भएकाले तोकिएको मापदण्ड अनुसार जहाजका पार्टपूर्जा फेर्ने र मर्मत गर्नुपर्ने हुन्छ । जहाजका प्रत्येक पार्टपूर्जाको निश्चित आयु हुने भएकाले आयु सकिएपछि अर्को राख्नैपर्ने हुनाले ६ महिना बढी थन्किएका जहाजको मर्मत सम्भार खर्च पनि उल्लेख्य लाग्ने वायुसेवा सञ्चालक संघको भनाई छ ।

संघका एक पदािधकारीले भने अनुसार लकडाउनको अवधिमा जहाजलाई उडानयोग्य बनाईराख्न केही कम्पनीले रित्तै पनि उडान भरेका छन् । हेलिकप्टरको हकमा भने चार्टर उडानहरु चलिरहेको उनको भनाई छ ।

‘नेपाल मात्रै यस्तो देश हो, आज डोमेस्टिक फ्लाईट रोकिएको छ’ वायुसेवा सञ्चालक संघका कोषाध्यक्षसमेत रहेका बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी भन्छन्, ‘हामीले उडान मात्रै होइन, सबै खालका पेशा व्यवसाय खोल्नुपर्छ भनिरहेका छौँ, प्रतिबन्ध लगाएर मात्रै समस्या समाधान हुँदैन ।’ 

वायुसेवा प्रदायक कम्पनीहरुले पनि अहिले नै मर्मतको लागि यति नै खर्च हुन्छ भनेर भन्न नसकिने बताएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १ बाट उडान खोल्ने तयारी गरेर आफूले प्रस्ताव गरेपनि असोज १५ गतेबाट उडान खुल्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved