निजगढ विमानस्थल निर्माणमा मन्त्री भट्टराईको सक्रियता, अर्को हप्ता लगानी जुटाउन छलफल गर्दै

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 27, 2020 | 05:00:22 PM मा प्रकाशित

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजिकरण समितिको बैठक सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरि गठित उच्चस्तरीय सहजिकरण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । 

बैठकले वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, लगानी बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्वद्ध पदाधिकारीहरु बसी एक वर्षको कार्यतालिका सहितको ठोस कार्ययोजना बनाइ पेश गर्नेर  सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने निर्णय गरेको छ । त्यस्तै डिभिजन वन कार्यालय, बाराद्वारा बरिपरी घेराबार निर्माणका निम्ति यस अघि नै गणना सम्पन्न गरिएका ४ हजार २३२ रुख कटानका सम्बन्धमा समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्ने निर्णय पनि भएको छ । बस्ती स्थानान्तरणका सम्बन्धमा सुझाव दिन गठित भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव दिपककुमार पहाडीको संयोजकत्वको समितिले हालसम्म गरेका कार्यहरुका आधारमा स्थानीय एवं प्रदेश सरकार समेतको अपनत्व हुने गरी वस्ती स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने कृयाकलापहरुको ठोस विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गर्ने भएको छ ।

बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने र सोको समन्वय गर्ने जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिईएको छ । प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्नउन्ती गरी हाल कार्यरतभन्दा कम्तिमा दुई तह माथिको आयोजना प्रमुख खटाउने निर्णय समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved