रामेछापमा बुद्ध एयरले किन्यो २० रोपनी जग्गा, पूर्व जाने पर्यटक मन्थलीमा बस्नैपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 03:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले दुर्गम क्षेत्रमा उडान भर्नका लागि सहायक कम्पनी खडा गर्ने भएको छ । भगवान गौतम बुद्धकी श्रीमतिको नाम यशोधरा नामक सहायक कम्पनी खडा गर्न लागेको हो । 

रामेछापस्थित मन्थली एयरपोर्टलाई आधार बनाएर उडान गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याइएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । पूर्वी भेगका लुक्ला, सुकेटार र भोजपुर सहितका विकट क्षेत्रमा उडान गर्नका लागि कम्पनीले मन्थलीमा आधार बनाउन २० रोपनी जग्गा पनि किनिसकेको छ । 

‘हामी उडानको संख्या मात्रै थप गर्ने सँगै उडानको वेस राखिएको क्षेत्रलाई आर्थिक रुपमा फाइदा पुर्याउने काम गर्ने लक्ष्य छ’ बस्नेत भन्छन्, ‘गाडीबाट काठमाडौं–मन्थली जम्मा तीन घण्टाको बाटो हो । हामी काठमाडौँबाट पूर्व जाने पर्यटकलाई मन्थलीमा अनिवार्य बस्नैपर्ने गरी प्याकेज बनाउँछौँ ।’

बुद्ध एयरले किनेको २० रोपनी जग्गामध्ये ८ रोपनीमा ३ सय जना क्षमताको क्याम्प नै बनाउने भएको छ । बाँकी १२ रोपनी जग्गा भने बाटोका लागि छुट्याईएको छ । मन्थली–लुक्ला उडान अवधि १७ मिनेटको र मन्थली–सुकेटार उडान अवधि ३८ मिनेटको हुने छ ।

मन्थली आधार बनाएर पूर्वी क्षेत्रको उडान गरेको एक वर्षमा पोखरा आधार बनाएर पश्चिम नेपालका विकट क्षेत्रमा उडान गर्ने कम्पनीको योजना छ । सहायक कम्पनी यशोधारामार्फत सन् २०२२ सेप्टेम्बरदेखि मन्थली आधार बनाएर पूर्वी क्षेत्रको भने उडान थालिने कम्पनीले जनाएको छ ।

२५ करोड चुक्ता पुँजी भएको यशोधरा कम्पनी स्थापना गर्न आँटेको बुद्ध एयरले दुई वटा नयाँ जहाज खरिद गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved