अन्तराष्ट्रिय उडान भोलीबाट (तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 06:35:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय हवाई उडान भोली बिहिबारबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्ले हवाई उडान खोल्ने र यसको व्यवस्थापनको अनुमति पर्यटन मन्त्रालयलाई दिएसँगै बिहिबारबाट अन्तराष्ट्रिय उडान खुल्ने भएको हो । 

उडान खुलेसँगै तालिका पनि तय भएको छ । तालिका अनुसार जुन २४ अर्थात् भोली बिहिबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछन् । २५ जुनमा नेपाल एयरलाइन्सले जापानमा उडान भर्नेछ । सोही दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

जुन २६ मा कतार एयरवेज जहाजको दोहाबाट काठमाडौं आउनेछ भने टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने छ ।

पर्यटन मन्त्रालयले आन्तरिक उडान असार १७ गतेदेखि सुरु गर्दैछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved