टिकटका लागि फोन गरेर लज्जित नबनाईदिन निगमका महाप्रवन्धकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 03:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमको उडानमा यात्रुको चाप रहेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै महाप्रवन्धक पौडेलले कतारमा भर्खरै उडान खुलेको र भारतको दिल्लीमा विदेशी दूतावासमा भिसा लिन जाने यात्रुको बाध्यताका कारण निगमको उडानमा सिटको असाध्यै चाप रहेको उल्लेख गरेका छन् ।

‘दोहा कतारमा भर्खरै खुलेको कारणले, जापानमा यात्रु संख्याको सिमितताको कारणले र सम्भवतः दिल्लीमा विदेशी दूतावासमा भिसा लिन जाने बाध्यताले गर्दा नेपाल वायुसेवामा सिटको असाध्यै चाप परेको छ, चाहेर पनि टिकट दिन सकिएको छैन’ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘उडान संख्या थप गर्ने प्रयास गरिरहेका छौं । सरकारी कोटा हुन्छ रे ! महाप्रबन्धकको कोटा हुन्छ रे ! भनेर दैनिक सयौं फोनहरु आंउछन् । फोनमा दुख पोखेर मलाई सरबिन्दा र आफुहरुलाई निराश नबनाईदिनुहुन बिनम्र अनुरोध छ।’ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved