वायुसेवा सञ्चालकले भने, ‘राजमार्ग अवरुद्ध भए, अब हवाई उडानको संख्या थपौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 11:59:22 AM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले हवाई उडानको संख्या थप गर्न माग गरेको छ । वर्षाका कारण सडक मार्ग अवरुद्ध भएको अवस्थामा हवाई उडानको संख्या पनि कम हुँदा यात्रुको यात्रा रोकिएकाले उडान संख्या थप गर्न माग गरिएको संघले जनाएको छ ।

राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएको अवस्थामा यात्राको विकल्पको रुपमा हवाई उडान मात्रै भएकाले उडान संख्या थपिनुपर्ने वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाई छ । वायुसेवा संचालक संघका अध्यक्ष थापाले पर्यटन मन्त्री लिलानाथ श्रेष्ठलाई पत्र लेख्दै अहिले तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रुहरुको उद्दार गर्न नसकिने भन्दै उडानको संख्या थप गर्ने निर्णय गर्न माग गरेका छन् ।

उडान संख्या बढाउँदा हवाई भाडा पनि कम हुने र यात्रुहरु अलपत्र पनि पर्न नपर्ने संघको भनाई छ । 

हवाई उडानबाट कोरोनाको संक्रमण नफैलिने पुष्टि भईसकेको दाबी गर्दै नेपाली व्यवसायीले आफूहरु संक्रमणरहित हवाई यात्राका लागि अन्तराष्ट्रिय मापदण्ड र नेपाल सरकारले तोकेका सबै निर्देशिका पालना गरेरै सेवा दिन सक्षम रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved