नेपाल एयरलाइन्सका कर्मचारीको ४ महिनादेखिको आन्दोलन फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 05:56:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायू सेवा निगमका कर्मचारीहरुले झण्डै ४ महिनादेखि जारी राखेको आन्दोलन फिर्ता भएाके छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेको अग्रसरतामा निगमका कर्मचारीको आन्दोलन फिर्ता भएको हो ।

मन्त्री आलेसँगै सोझै वार्ता गरेपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलनरत कर्मचारीहरुका माग सम्बोधन गर्ने आश्वासन मन्त्रीले दिएपछि उनीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । मन्त्री आलेले माग सम्बोधनका लागि केही समय माग गरेका छन् । 

आन्दोलन फिर्ता भएसँगै आजैबाट ताला खुलाईएको छ ।

निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीहरु १ सय दिनदेखि आन्दोलनमा थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved