कोरोनाको नयाँ भेरियन्ट देखाएर हवाई यातायात बन्द नगर्न आयटाको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 12:49:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओम्रिकोन’ को जोखिम बढिरहेको भएपनि अन्तराष्ट्रिय हवाई यातायात संगठन (आयटा)ले आफ्ना सदस्यहरुलाई हवाई यातायात बन्द नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै उडान गर्न निर्देशन दिँदै आयटाले हवाई यातायात बन्द नगर्न भनेको हो । 

‘हवाई यातायात सेवा रोकेर मात्रै ओमिक्रोनको संक्रमण दर घट्ने होइन, यदि जोखिम देखाएर हवाई यातायात बन्द गरियो भने यसले मानवीय जीवन र जीविकोपार्जनमा  प्रभाव पर्ने देखिन्छ’ आयटाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विश्वका सबै मुलुकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ओम्रिकोन फैलन नदिन सचेतना अपनाउन जरुरी छ ।’

आयटाले ‘मल्टी लेयर रिस्क म्यानेजमेन्ट स्टार्टेजी’ लागू गर्ने पनि प्रतिबद्धता जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved