वायुसेवा संचालक संघमा क्याप्टेन रामेश्वर थापा दोहोरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 05:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) को अध्यक्षमा क्याप्टेन रामेश्वर थापा दोहोरिएका छन् । संघको २१औँ वार्षिक साधारणसभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा यति एयरलाइन्सबाट अनोज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्टराई, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा र महासचिवमा समिट एयरका मनोज कार्की चयन भएका छन् । 

सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छन् ।सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलास हेलिकप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टिका बालकृष्ण पण्डित रहेका छन् ।

अध्यक्ष क्या. थापाले आफ्नो कार्यकालमा वायुसेवाको सूरक्षा स्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सूरक्षा सूदृढीकरणलाई बढी भन्दा बढी विश्वासिलो बनाउँदै जाने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने समेत बताएका छन् । 

साथै हवाई उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्ष देखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको उनको भनाई छ । 

वायुसेवा कम्पनीहरुका अध्यक्ष, प्रवन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved