अन्तर्राष्ट्रिय हवाई सुरक्षाको अडिटमा नेपालको प्रगति, कालोसूचीबाट हट्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 08:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अन्तर्राष्ट्रिय हवाई  सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ। सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले  अप्रिल १३ देखि २५ तारिकसम्म गरेको वृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले प्रगति गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक ई. प्रदिप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए । उनले यस अगाडि गरिएको अडिटले नेपालले ६६.०२ प्रतिशत नम्बर पाएमा यो वर्ष २०२२मा गरिएको अडिटले ३.४३ प्रतिशतले बढेर ७०.१ पतिशत पुगेको बताए। महानिर्देशक अधिकारीले हवाइ सुरक्षा प्रत्याभुति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको बताए।  उनले आइकाओको अडिटले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश विश्वभर पुगेको बताए ।

आइकाओका अडिट अनुसार अहिलेसम्म एसिया प्रशान्त क्षेत्रको ओसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकोमा नेपालले यी दुबै औसत दरमा माथि रही परिपालना दर ७०.१ प्रतितश कायम गर्न सफल भएको छ । नेपालले हवाई सुरक्षामा प्रगति गरे पनि विगत लामो समय देखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन।  २०७० मंसिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकासमा प्रतिवन्ध लगाएको छ । नेपालको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो। आइकाओको अडिटमा नेपालको अन्तर्राष्ट्रिय हवाई  सुरक्षा  (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति देखाए पश्चात कालोसूचीबाट हट्ने सम्भावना देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved