बुद्ध एयरको काठमाडौं वाराणसी उडान पुनः सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 03:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं वाराणसी उडान आज २३ मे बाट पुनः सञ्चालनमा आएको छ । विगत २ वर्षदेखि स्थगित रहेको बुद्ध  एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको हो ।

यसअघि बुद्ध एयरले भारतको वाराणसी साताको २ उडान, प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको थियो । आज त्यसै अनुसार काठमाडौंबाट बिहान ७ः१५ बजे बुद्ध एयरको एटीआर जहाज भारतको वाराणसी उडान भरेको थियो । सो उडानमा यात्रु संख्या ४४ र उडान सञ्चालन दलका ६ जना रहेका थिए । त्यसैगरि वाराणसीबाट काठमाडौंको लागि ८ बजेर ४५ मिनेटमा उडान भरेको थियो । वाराणसीबाट ३९ जना यात्रु काठमाडौं आईपुगेका छन् । यो उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरुलाई सहज र सजिलो हुने बुद्ध एयरले जनाएको छ ।

हिन्दुहरुका लागि वाराणसी मुख्य तिर्थस्थलहरुमध्ये एक हो । यहाँ विश्वनाथ मन्दिरलगायत भगवान बुध्दले पहिलोपटक प्रवचन दिनुभएको सारनाथ पनि नजिकै रहेको छ । वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरुको पनि चहलपहल निकै हुनेगरेको छ । यो उडानले विदेशी यात्रुहरुलाई पनि नेपाल आउजाउ गर्न सजिलो हुनेछ । त्यसैगरि भारतीय तिर्थालुहरुले पशुपतिनाथ लगायत विभिन्न धार्मिक स्थलहरुको दर्शन गर्नसक्छन् । यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुनेछ । यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पु¥याउनेछ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरुको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ ।बुध्द एयरसँग ११ वटा एटीआर–७२, २ वटा एटीआर–४२ र २ वटा बीचएयरक्राफ्ट जहाजहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved