गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न थप २ कम्पनीले थाले प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 09:09:49 AM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न २ विदेशी कम्पनीले पनि प्रक्रिया सुरु गरेका छन् । विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालका अनुसार युएईका अन्तराष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरु एयर अरेबिया र फ्लाई दुबईले प्रक्रिया सुरु गरेका हुन् ।

एयर अरेबियाले जुलाई १ बाटै नियमित व्यवसायिक उडान थाल्ने गरी प्रक्रिया अघि बढाएको छ । 

जेठ २ बाट औपचारिक अपरेशनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हाल कुबेतको जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । जजिराले साताको ३ दिन नियमित उडान सुरु गरिरहेको छ । अब छिट्टै दैनिक उडान गर्ने उसको तयारी छ । 

भैरहवामा श्रम तथा रोजगार शाखा पनि सञ्चालनमा आइसकेको छ । 

हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ भएपनि भैरहवा–कुवेत रुटमा भने २६ हजार ४ सय रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved