निजी हवाई सेवा प्रदायक कम्पनीका संचालक विरुद्द तत्काल पक्राउ पुर्जी जारी नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 09:26:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजी हवाई सेवा प्रदायक विरुद्द तत्काल पक्राउ पुर्जी जारी नगर्ने भएको छ ।  सेवा प्रदायक कम्पनीहरूले बुधबारबाट सबै उडान बन्द गर्ने घोषणा गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले  हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने र बन्द गरे पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत गृह मन्त्रालयलाई  निजी हवाई सेवा प्रदायकका संचालक विरुद्द पक्राउ पुर्जी जारी गर्नको लागि आग्रह समेत गरेको थियो ।  पक्राउ पुर्जी जारि हुन् सक्ने संकेत पाएका संचालकहरुले तत्काल गृहमन्त्रीसँग संवाद गरेका थिए ।  गृहमन्त्री यस विषयमा छलफल गर्न उनीहरुलाई बोलाएपछि तत्काल पक्राउ पुर्जी जारी नहुने भएको हो । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने कुरा स्मरण गराएका थिए।  मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले हवाई उडान बन्द गरिए प्राधिकरण एक्सनमा उत्रिने भन्दै उल्टै चेतावनी दिएका थिए।

‘एयरलाइन्स कम्पनीले बन्द गर्ने घोषणा गरेको भन्ने सुनियो, अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन, गरियो भने प्राधिकरण चुप लागेर बस्दैन’ उनले भनेका थिए ।

उनले काठमाडौँ विमानस्थलमा जहाज पार्किङको क्षमता नै नभएर बाहिरका विमानस्थललाई आधार विमानस्थल तोकिएको भन्दै यो निर्णय एयरलाइन्स कम्पनीहरुले मान्नुपर्ने पनि बताएका थिए ।

‘अन्तराष्ट्रिय विमानस्थल २४ घण्टा र तराईका विमानस्थल १२ बजेसम्म चलाउने निर्णय गरिएको थियो, काठमाडौँ विमानस्थल सुविधाजनक भएको छ, हामीले बाहिर उडानको विस्तार गर्नाले यो सम्भव भएको हो’ महानिर्देशक अधिकारीले भने, ‘अहिले काठमाडौँ विमानस्थलमा क्षमता नै नभएर यो निर्णय गरिएको हो, २ जहाज, २ हेलिकप्टर ठोक्कियो भने त्यसको जिम्मेवारी हामीले लिनुपर्छ । विमानस्थल भनेको रत्नपार्क होइन, त्यसकारण जोखिम कम गर्न गरिएको यो निर्णय कार्यान्वयन गर्नुपर्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved