पोखरा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई नदिने महानिर्देशकको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 04:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सलाई नदिने घोषणा गरेका छन् ।

भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले पोखरा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सलाई नदिइने घोषणा गरेका हुन् । उनले पोखरा विमानस्थल आगामी जनवरीबाट सञ्चालनमा ल्याएरै छाड्ने र उक्त विमानस्थल सञ्चालनमा आएपछि ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरण आफैँले गर्ने उल्लेख गरे ।

पोखरा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सलाई यसअघि नै दिइएको भएपनि अन्य विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङको कामको गुणस्तरमा प्रश्न उठेको भन्दै महानिर्देशक अधिकारीले नेपाल एयरलाइन्सबाट पोखरा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी खोस्ने घोषणा गरेका हुन् ।

ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरण आफैँले गर्न सक्ने र यो काम गर्ने अधिकार पनि प्राधिकरणलाई रहेको उनको दाबी छ ।

गौतम बुद्ध विमानस्थलबाट उडान गर्न प्राधिकरणले ताकेता गरेपनि नेपाल एयरलाइन्सले आनाकानी गर्दै आएको छ । यससँगै प्राधिकरण र नेपाल एयरलाइन्सको नेतृत्वबीच लडाइ सुरु भएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीले आफू जहाज चाहिँ नउठाउने तर, ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी भने लिन्छु भन्ने अधिकार नेपाल एयरलाइन्सलाई नभएको बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved