काठमाडौंबाट थाईल्याण्ड उडेको निगमको जहाज बंगलादेशमा आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 08:01:36 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट थाईल्याण्डको बैंककका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ । निगमको आरए ४०१ उडान नम्बरको न्यरोबडी विमान बुधबार साँझ बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो।

जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत देखिएपछि विमान बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो।  विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत ककपिटमा रहेको इन्डीकेटरले गरेपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बंगलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका हुन्।

उक्त जहाज काठमाडौँबाट  साढे ३ बजे उडेको थियो भने नेपाली समय अनुसार पौने ६ बजे बंगलादेशको चटगाउमा आकस्मिक अवतरण गरेको हो। उक्त विमानमा १ सय ५२ यात्रु सवार थिए । अहिले विमानको चेकजाँच भईरहेको बताईएको छ । 

हिजो बुधबार काठमाडौँबाट दोहा गएको उक्त जहाज आज बिहान दोहाबाट काठमाडौँ आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved