आजदेखि लुक्ला उडान मन्थलीबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2023 | 01:12:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबारदेखि रामेछाप विमानस्थलबाट लुक्ला उडान सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले तयार पारेको  ‘स्टल रुट’ अनुसार समर सेडुल अन्तर्गत आजबाट लुक्लामा हुने सबै उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट सुरु भएको हो । 

स्टल रुट तालिकाअनुसार एयरलाइन्स कम्पनीहरुले उपत्यका बाहिर बेस राखेर उडान गर्नुपर्ने नियम अनुसार लुक्ला उडान रामेछाप विमनस्थलबाट थालिएको हो । 

रामेछापबाट लुक्ला उडानमा विदेशीका लागि १५७ अमेरिकी डलर, भारतीय नागरिकका लागि १२ हजार २७५ रुपैयाँ, नेपाली यात्रुका लागि ५ हजार २८० रुपैयाा र स्थानीय यात्रुहरुका लागि ‘प्यासेन्जर चार्टर’ उडानमा प्रति व्यक्ति ७ हजार ५० रुपैयाँ भाडा लाग्छ ।

सिता, समीट र तारा एयरका एक एक वटा जहाज शनिबार बिहानै मन्थली पुगेर उडान सुरु गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved