निगमको जहाज दुबइ नउडेको घटनामा छानबिन समिति, एफएओसी नवीकरण नगर्ने ३ जनालाई चेतावनी पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 06:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले पाइलट बिरामी भएर दुबई उडान नगरेको विषयमा छानबिन समिति बनेको छ । निगमका प्रवक्ता रमेश पौडेलले नायब महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले ३ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । 

समितिको सदस्यमा न्यारोबडीका क्याप्टेन सुरज भण्डारी र कार्यकारी अध्यक्षको कार्यालयका प्रबन्धक नारायण पौडेल रहेका छन् । 

शनिबार राती निगमको जहाज दुबई उडानको तालिका रहेपनि पाइलट बिरामी भएको भन्दै उडान हुन सकेको थिएन । 

यसैबीच, मलेसिया उडानका लागि उडान अनुमति (एफएओसी) लिन हेलचक्रयाई गरेको भन्दै ३ जनालाई निगमले चेतावनी पत्र दिएको छ । चेतावनी पाउनेमा उप निर्देशक बरिष्ठ क्याप्टेन विजय लामा, ओसिसी म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्र राज राउत रहेका छन् ।

मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज राउतले भने एफएओसी नवीकरण गर्ने काम आफ्नो नभएको बताएका छन् । उनका अनुसार एक वर्षदेखि नै एफएओसी सर्टिफिकेट नवीकरण भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved