वायुसेवा निगमको संरचनागत सुधारबारे अध्ययन गर्न पूर्व गभर्नरको नेतृत्वमा समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 07:13:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल राष्ट्र बैंककापूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति गठन भएको जानकारी दिएका हुन्।

मन्त्री किरातीका अनुसार  समितिका सदस्यमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् । समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ ।

समितिले निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो, पुनर्संरचना कसरी गर्नुपर्ने लगायतका ८ वटा विषयमा अध्ययन गर्ने मन्त्री किरातीले बताए ।  ५ वर्षको अवस्था अध्ययन गर्दै, निगमको ऋण, दायित्व, नीतिगत तथा कानुनी पक्ष अध्ययन गरेर समितिले २ महिना भित्र प्रतिवेदन बुझाउनु पर्न  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved