ग्राउण्डेड भएको ३ महिनापछि निगमको जहाज मर्मतका लागि पठाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 03:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राउण्डेड भएको झण्डै तीन महिनापछि नेपाल एयरलाइन्सको जहाज आज मर्मतका लागि इजरायल पठाइने भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी ९एन–एकेएक्स जहाज ग्राउण्डेड भएको तीन महिनापछि इन्जिन मर्मतका लागि इजरायल पठाइने भएको हो । 

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग इन्जिन मर्मत सम्झौता भएअनुसार जहाजलाई इजरायल पठाउन लागिएको हो । 

जहाज आइतबार राति ११ः३० बजे इजरायल उड्नेछ । जहाज मर्मतपछि २२ सेप्टेम्बर (असोज ५) मा काठमाडौँ फर्कने छ । 

झण्डै ३ महिना जहाज ग्राउण्डेड हुँदा नेपाल एयरलाइन्सले करोडौँ आम्दानी गुमाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved