विमान कम्पनीलाई दशैँ लाग्यो, यी एयरलाइन्सले थपे उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 01:02:04 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएसँगै एयरलाइन्स कम्पनीहरुले उडान संख्या थप गरेका छन् । विशेषगरी नेपाली श्रमिकका रोजगार गन्तव्यमा उडान गर्ने एयरलाइन्स कम्पनीहरुले चाडवाडलाई केन्द्रित गरेर उडान संख्या थप गरेका हुन् । 

एयर अरेबियाले मात्रै हप्तामा १४ उडान थप गरेको छ । हाल २१ पटा उडान गर्दै आएको एयर अरेबियाले दशैँ तिहार लक्षित गरी १४ उडान थप गरेको हो । 

त्यस्तै, एयर अरेबियाको आबुधाबी उडान पनि थपिएको छ । हाल यो रुटमा हप्ताको ७ उडान गर्दै आएको एयर अरेबियाले २ वटा सेड्युअल उडान र ३ वटा थप उडान गरी हप्तामा १२ उडान गर्ने भएको छ । 

त्यस्तै, हाल हप्तामा २८ उडान गर्दै आएको फ्लाई दुबईले १४ उडान थप गरेको छ । यसमा ७ वटा सड्युअल फ्लाइट नै थप गरेको छ । ७ उडान भने एडिशनल उडान हुन् । यो सँगै अब फ्लाई दुबईले हप्तामा ४२ उडान गर्नेछ ।

टाटा सिया (भिस्तारा)ले सेड्युअल उडान नै ७ वटा थपेर साप्ताहिक उडान संख्या २१ पुर्याएको छ । थाई लायन एयरले हप्तामा ३ उडान गर्दै आएकोमा एउटा उडान थपेर हप्तामा ४ वटा पुर्याएको छ । 

बिमान बङ्गलादेशले पनि हप्तामा ७ उडान गर्दै आएकोमा ३ वटा सेड्अयुल उडान नै थप गरेर १० पुर्याएको छ । हाल कायम रहेको समर सेड्युअल अनुसार उडान तालिका नभएको मलेसियाको बाटिक एयरले पनि दशैँ तिहारलाई लक्षित गरी हप्तामा ११ वटा सेड्युअल उडान गर्न अनुमति पाएको छ । 

त्यस्तै, हप्ताको ७ वटा उडान गर्दै आएको एयर चाइनाले हप्ताको २ वटा सेड्युअल उडान थप गरेको छ । 

यसरी हप्तामा ५७ उडान थपिएका छन् । यसअघि समर सेड्युअल अनुसार नेपालबाट ४ सय अन्तराष्ट्रिय उडान हुँदै आएका छन् । चाडवाड लक्षित ५७ उडान थपिएपछि साप्ताहिक उडान संख्या करिब ४०० पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved