मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2023 | 10:09:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ। शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भएको हो । उनको उपचार इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाले जनाएका छन्। 

अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ  ।  साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत अस्पतालले जानकारी दिएको छ ।

उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved