बुद्ध एयरले थप्यो १७ औं एटीआर जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 12:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले १७ औं एटीआर जहाज भित्र्याएको छ ।  शुक्रबार आएको यो जहाज एटीआर–७२ हो। यसकाे कलसाइन 9N-AOC रहेकाे छ ।

यससँगै एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई १ महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ । बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले – ‘उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने बुद्ध एयरले उल्लेख गरेको छ ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । त्यसैगरि अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved