धरानमा विमानस्थल निर्माणका लागि सभाव्यता अध्ययन समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 02:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणका लागि सभाव्यता अध्ययनको लागि समिति गठन गरेको छ। प्राधिकरणले प्राधिकरणका प्रबन्धक ई. नल बिक्रम थापाको संयोजकत्वमा ३ सदस्यीय सभाव्यता अध्ययन समिति गठन गरेको हो। 

समितिको अन्य सदस्यमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल रहेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निर्देशन दिएका थिए। सोहि अनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले समिति गठन गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved