नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पनि उमेरहद लागु गरेको छ । राष्ट्र बैंकले सोमबार सकुर्लर जारी गर्दै बैंक तथा वित्तीय संस्थामा उमेरहद लागु गरिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकको संचालकको लागि ७० वर्ष र सिइओको लागि ६५ वर्षको उमेरहद लागु गरेको छ । राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अव ७० वर्ष उमेर नाघेका ब्यक्ति बैंकका संचालक हुन नपाउने भएका छन् । त्यस्तै ६५ वर्ष नाघेका ब्यक्ति बैंकको सिइओ नियुक्त अथवा पुन नियुक्त हुन नपाउने भएका छन् ।
हाल कार्यरत रहेको सिइओको उमेर भने ६९ वर्ष माथि भएको भएमा त्यस्ता ब्यक्ति पदमा वस्न स्वत अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ । यद्यपी २०७७ असार मसान्त सम्ममा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंकलाई उक्त ब्यवस्था लागु नहुने राष्ट्र बैंकले निर्देशनमा उल्लेख गरेको छ ।