५ महिनाको अवधिमा व्यवसाय विस्तारमा कुन बैंक कति आक्रमक ? (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 11:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभीड १९ को बिश्वब्यापी महामारीको त्रास कम भएसंगै आर्थिक गतिविधि बढेको छ। कोभिड १९ को खोप आइनपुगेपछि मानिसहरुमा यसको त्रास बिगतको भन्दा कम देखिएपछि गतिविधि चलायमान हुँदा आर्थिक गतिविधि बढेको हो। 

दशैं तिहार तथा छठ जस्ता पर्व सकिएको र विकास निर्माण तथा व्यवसायीक गतिबिधि सक्रियता पाउँदा त्यसले बैंकिङ गतिबिधि पनि बढाएको छ।  चालू आर्थिक बर्षको ५ महिनाको तथ्यांकलाई हेर्ने हो भनेपनि निक्षेप तथा कर्जा लगानी बढ्दो ट्रेन्डमा देखिएको छ। 

साउनदेखि मङ्सिर मसान्तसम्ममा २ खर्ब २२ अर्ब ११ करोडले निक्षेप बढेको छ भने २ खर्ब ३७ अर्ब ९७ करोडले कर्जा लगानी बढेको छ। जसमा एनआईशि एशिया बैंक निक्षेप संकलन गर्नेमा पहिलो स्थानमा रहेको छ।

यो पनि: बैंकहरुमाथि वित्तीय अपराधको आरोप, एनआईसी एशिया सबैभन्दा अगाडी

५ महिनाको अवधिमा एनआईसी एसियाको निक्षेप ४६ अर्ब ९० करोडले बढेको छ भने कर्जा लगानी ३६ अर्ब २ करोडले बढेको छ। त्यस्तै यस ५ महिनाको अवधिमा स्ट्यान्डर्ड चार्टड बैंकको निक्षेप १२ अर्ब ८८ करोडले घटेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा लगानी ४ अर्ब ५४ करोडले घटेको छ। 

निक्षेप संकलनको प्रतिस्पर्धामा एनआईशि एशियालाई प्रभु, सिद्दार्थ, ग्लोबल, एनसीसी बैंकले पछ्याएका छन् भने कर्जा तथा लगानी खुम्चिएको नेपाल इन्भेष्टमेन्ट बैंकलाई स्ट्यान्डर्ड चार्टड, लक्ष्मी, नेपाल बंगलादेश, सनराइज बैंकले पछ्याएका छन्। 

कोभिड १९ का कारण कर्जाको माग घटेसँगै केहि बैंकले ब्याज खर्च घटाउन निक्षेपलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्। भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्। 

यो पनि:  लयमा फर्कदै बैंक, व्यवसाय विस्तारमा कुन बैंक कति आक्रमक ? (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved