निक्षेपको तुलनामा बढ्दैछ कर्जाको माग, व्यवसाय विस्तारमा एनआइसी एसियाकै 'लिड'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 07:46:36 PM मा प्रकाशित

laxmi sunrise bank

कोभिड १९ को प्रभाव न्यून हुँदै गर्दा ऋणको माग बढ्न थालेको देखिएको छ। माघ महिनाको पहिलो सातासम्म आइपुग्दा निक्षेपको तुलनामा कर्जाको माग बढेको बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ। 

माघ ९ गतेसम्मको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले कुल ३७ खर्ब ६८ अर्ब ७७ करोड निक्षेप संकलन गरेका छन् भने ३२ खर्ब ४६ अर्ब ८७ करोड कर्जा लगानी गरेका छन्। माघ २ गतेको तुलनामा निक्षेप १० अर्बले घटेको छ भने कर्जा ११ अर्बले बढेको छ। 

कुल निक्षेप संकलन तथा कर्जा परिचालनमा एनआईसी एसियाले लिड गरेको छ भने एनआईसी एसियालाई ग्लोबल आइएमई, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंकले पछ्याएका छन्। यस अवधिमा एनआईसी एसियाले मात्रै २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरि २ खर्ब ३५ अर्ब कर्जा लगानी गरेको छ भने उसको कर्जा निक्षेप अनुपात  ७६.७० प्रतिशत रहेको छ। जुन औशत कर्जा निक्षेप अनुपात भन्दा बढी हो। माघ ९ सम्म बैंकहरुको औशत कर्जा निक्षेप अनुपात ७४।८० प्रतिशत रहेको छ। 

यो पनि:  ६ महिनाको अवधिमा व्यवसाय विस्तारमा कुन बैंक कति आक्रमक ? (विश्लेषण)

माघ ९ सम्मको अवधिमा कृषि विकास बैंक, बैंक अफ काठमान्डू, प्राइम, राष्ट्रिय बाणिज्य बैंक, सानिमा तथा सिद्दार्थ बैंकको निक्षेप बढेको छ भने बैंक अफ काठमाडौं, सेन्चुरी, एभरेष्ट, एनआईबिएल, एनएमबि, सनराइज बैंकको कर्जा लगानी घटेको छ। 

कोभिड १९ को महामारी सामान्य अवस्थातर्फ फर्किदै गर्दा बैंकहरुमा कर्जाको माग बढ्ने क्रममा रहेको छ। तर निक्षेप संकलनमा संकुचन आउंदै गर्दा अबका दिनहरुमा निक्षेप संकलन का लागि बैंकहरुबीच तिब्र प्रस्तिपर्धा हुने देखिन्छ। 

आर्थिक बर्षको ६ महिनासम्मको अवधिमा निक्षेप संकलन तथा कर्जा वृद्धिमा लोभलाग्दो प्रगती गरेको सिभिल बैंकको यस अवधीमा निक्षेप झिनो मात्रामा घटेको छ भने कर्ज लगानीको राम्रो गर्ने बैंकको सुचिमा अटाएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved