एनआईसी एसिया बैंकले आफ्नो दशैं भिडियो सार्वजनिक गरेको छ । आफ्नैहरुबाट तिरस्कृत भएर वृद्धाश्रममा जीवन बिताइरहेका वृद्ध – वृद्धाको कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ। साथै कथाको अर्को पाटोमा अनाथहरुको आफन्तबिनाको नीरस जीवनको चित्रण गरिएको छ ।
कथाका यी दुइ पात्रहरुलाई एकैठाउँमा ल्याएर वृद्धाश्रम र अनाथआश्रम बिचको दूरी मेटाएर एक नयाँ शुरुवातको सटिक प्रस्तुतीकरण यस भिडियो मार्फत गरिएको छ।
सोच बदलिएको खण्डमा हर कुरा सम्भव छ भन्ने सन्देश यो भिडियोले दिन खोजेको छ। वृद्धाहरुलाई बालबालिकाको साथ तथा अनाथहरुलाई वृद्ध वृद्धाका रुपमा अभिभावकहरुको साथ पाएपछि दशैं हर्षोल्लासका साथ मनाइएको मन छुने प्रस्तुती रहेको छ । कथाको अन्त्यमा एकदमै नयाँ सोच तथा अवधारणाको वाल वृद्धाश्रमको शुरुवात देखाइएको छ ।
सहज बैंकिङ्ग सेवा दिँदै आएको एनआईसी एसिया बैंकले आफ्नो दशैं भिडियो मार्फत नयाँ सोचौं खुसी बाडौं भन्ने सन्देश पनि प्रवाह गरेको छ।