एक वर्षमा २० प्रतिशतले बढे मोबाईल बैंकिङ्ग प्रयोगकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2023 | 03:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा ३५ लाख ५९ हजार ८२४ थपिएका छन् । चालु आवको माघ मसान्तसम्ममा नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ३६ हजार ५२४ पुगेको छ । जुन गत वर्षको गत आवको समिक्षा अवधिको तुलनामा भने २१.६० प्रतिशतले बढी हो । गत वर्षको समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख ७६ हजार ७ सय रहेको थियो । गत पुस मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५३ हजार ४२० रहेका थिए ।

प्रयोगकर्तासँगै मोबाईल बैंकिङ्गमार्फत हुने कारोबारमा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामै मोबाइल बैंकिङ्ग मार्फत ४ अर्ब ३१ करोड २० लाख बढी कारोबार भएको छ। चालु आवको माघ मसान्तसम्ममा मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत, वर्षको माघ महिनाको तुलनामा भने ८५.५३ प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा मोबाइल बैंकिङ्ग मार्फत ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, गत पुसमा मात्रै १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । सो महिनामा २ करोड १६ लाख ४५ हजार १६२ पटक कारोबार भएको हो ।

चालु आवको माघ महिनामा २ करोड २२ लाख १६ हजार ८० पटक मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको छ । सो महिनासम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ३६ हजार ५२४ रहेको छ । गत वर्षको माघ महिनामा १ करोड ६४ लाख ७६ हजार ७ सय मात्रै रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved