आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 11:14:01 AM मा प्रकाशित

laxmi  sunrise bank

तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज आइतबारदेखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री खुला गरेको छ । 

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आज आइतबार कात्तिक १९ देखि २४ गते शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सक्नेछन् । 

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराउने भएको छ । गाई अंकित २५ ग्राम, १० ग्रामका चाँदीका सिक्का, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम चाँदीका सिक्का समेत बिक्री गर्ने जनाएको छ ।

उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

खासगरी तिहारको धनतेरसका दिन यस्ता सुनका सिक्का, असर्फी तथा टक्सारहरु गृह प्रवेश गराउँदा ठूलो धन वृद्धि हुने जनविश्वास रहँदै आएको छ । सोहीकारण यस अवसरमा असर्फी चाहने सर्वसाधारणलाई राष्ट्र बैंकले सिक्का, असर्फी तथा टक्सारहरु उपलब्ध गराउने गर्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved