कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited का ग्राहकलाई ग्रान्डि हस्पिटलमा उपचार सेवामा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएपछि बैंकका प्रिपेड÷डेबिट कार्ड भएका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरे ।
कमना सेवा विकास बैंकले हाल ७३ वटा शाखा तथा २९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।