विकास बैंक र फाइनान्ससँग पनि छुट्टाछुट्टै छलफल गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 10:25:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसंगको छलफललाई तिब्रता दिएको छ  । अहिले बाणिज्य बैंकका अध्यक्ष र सीइओसंग छलफल गरिरहेको राष्ट्र बैंकले दिउँसो विकास बैंकका अध्यक्ष र सीइओसंग छलफल गर्न लागेको हो  । राष्ट्र बैंकले विकास बैंकका सीइओ र अध्यक्षलाई १ बजे होटेल याक एण्ड यतिमा डाकेको छ  । त्यस्तै अपरान्ह ४ बजे फाइनान्स  कम्पनीका सीइओ र अध्यक्षहरुलाई राष्ट्र बैंकले छलफलको लागि बोलाएको छ  

राष्ट्र बैंकले मौद्रिक नीतिको बारेमा छलफल गर्न उनीहरुलाई बोलाएको हो  स्रोतका अनुसार छलफलमा राष्ट्र बैंकले मर्जरबारे बैंक तथा वित्तीय संस्थाको धारणा माग्ने छ  । यदी उनीहरु स्वेच्छिक मर्जरमा जान तयार रहे राष्ट्र बैंकले केहि सहुलियत दिने गरी मौद्रिक नीति ल्याउने बुझिएको छ  । तर स्वेच्छाले मर्जमा जान नचाहे राष्ट्र बैंकले फोर्स मर्जरको प्रावधानसहित मौद्रिक ल्याउने श्रोतले जनाएको छ  । आजको छलफलमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जमा जान 'कन्भिन्स' गर्ने श्रोत बताउछ  । 

यो पनि : 

राष्ट्र बैंकले अध्यक्ष र सीइओ डाकेको छलफलमा जे देखियो (फोटोफिचर)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved