राजश्व विभागले बाणिज्य बैंकका सीइओहरुलाई बैठकमा बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 11:29:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले कर प्रशासनमा एक रुपता ल्याउन स्वचालित प्रणालीको विकास गरेको छ । व्यवसाय्यीहरुले कर प्रशासनमा र बैंकमा फरक फरक आर्थिक विवरण पेश गर्ने गरेकोमा त्यसलाई अन्त्य गर्न विभागले अनलाईन स्वचालित प्रणालीको विकास गरेको हो । नेपाल बैंकर्स संघको सहकार्यमा विभागले नयाँ प्रणाली विकास गरेको हो ।

नयाँ प्रणाली कार्यन्वयनमा आएसंगै व्यवसायीहरुले बैंक र कर कार्यलयमा फरक फरक वित्तीय विवरण बुझाउने सक्ने छैनन् । यस अघि व्यवसायीहरुले बैंकबाट बढी ऋण पाउन तुलनात्मक रुपमा बढी आम्दानी भएको विवरणमा बैंकमा देखाउने गरेका थिए भने थोरै कर तिर्न कर कार्यालयमा फरक विवरण बुझाउने गरेका थिए । अब भने त्यस्तो कार्यको अन्त्य हुने भएको छ ।

गत आर्थिक वर्षको बजेटमा नै सरकारले वित्तीय पारदर्शिताको लागि व्यवसायीहरुले कर प्रशासनमा पेश गर्ने र बैंक तथा वित्तीय संस्थामा पेश गर्ने वित्तीय विवरणलाई स्वचालित रुपमा आदानप्रदान गर्ने अनलाइन प्रणलीको विकास गर्ने उल्लेख गरको थियो । सोहि अनुरुपको प्रणाली विकास भएको हो ।

 विभागले यो प्रणाली कार्यन्वयनको लागि छलफल गर्न आज सोमबार सम्पूर्ण बाणिज्य बैंकहरुको सीइओलाई छलफलमा डाकेको छ । विभागका अनुसन्धान तथा जोखिम विश्लेषण शाखाका निर्देशक ऋषिराम पोखरेलले आज २:३० मा छलफल आयोजना गरिएको बताए । छलफलमा यसलाई कसरि कार्यन्वयनमा लैजाने भन्ने बिषयमा छलफल हुने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved