असोज १० देखि नयाँ नोट, राष्ट्र बैंकबाहेक यी ठाउँमा पनि पाइन्छ साट्न (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 05:47:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले असोज १० गते देखि दशैँको लागि नयाँ नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण गर्ने जनाएको हो । 

बैंकका अनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० को एक एक पाकेट गरि कुल १८ हजार ५ सयको नोट साट्न सक्ने छ । त्यो भन्दा बढी नोट चाहनेलाई सुकिला नोट दिईने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकबाट पनि सुकिलो नोट साथै सिमित मात्रमा नयाँ नोट साट्न सकिने राष्ट बैंकले जनाएको छ । 

यस्ता छन् नयाँ नोट साट्न पाइने स्थान : 

राष्ट्र बैंकको वालुवाटार कार्यालय । 

नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, लाजिम्पाट र भक्तपुर शाखाबाट । 

राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार परिसरको कार्यालय र टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट । 

कृषि विकास बैंकको गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा बाट । 

उपत्यका बाहिर : राष्ट्र बैंकको कार्यालय विराटनगर, जनकपुर, बिरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय । 

साथै राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिला नोट र सिमित मात्रामा नयाँ नोट साट्न सकिने प्रष्ट पारेको छ । राष्ट्र बैंकले यो पटक कारोब १३ अर्बको नयाँ नोट सतही गर्न लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved