प्रभु बैंक Prabhu Bank Limited ले मकवानपुरको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले उक्त काउण्टरको उद्घाटन गरे ।
जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी प्रशासनको काम गर्न सक्नेछन् ।
प्रभु बैंकले हाल १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र ३५ वटा एक्स्टेन्सन काउण्टर मार्पmत् सेवा दिँदै आएको छ ।