मर्जरपछि यस्तो बन्यो ग्लोबल आईएमई बैंकको संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 01:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरपछि ग्लोबल आईएमई बैंकमा ७ सदस्यीय नयाँ संचालक समिति बनेको छ ।  बैंकमा ग्लोबलको ५ जना बहालवाला संचालक र जनता बैंकबाट आएका २ जना गरी ७ सदस्यीय संचालक समिति गठन भएको हो । 

ग्लोबलका बहालवाला कायम रहेका संचालकमा अध्यक्ष चन्द्र ढकाल, सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्ण प्रसाद शर्मा र नुमनाथ पौडेल रहेका छन् । त्यस्ता जनता बैंकबाट आएका संचालकमा केशव बहादुर रायमाझी र बिनित कुमार अग्रवाल रहेका छन् । 

जनता र ग्लोबलको मर्जरपछि आइतबारबाट ग्लोबल आइएमइ बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो । मर्जपछि बैंकको प्राथमिक पुंजी २४ अर्ब पुगेको छ भने निक्षेप् २ खर्ब १३ अर्ब भन्दा बढी पुगेको छ । त्यस्तै बैंकको कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ।  बैंकको प्रमुख कार्यकारी अधिकृत  पर्शुराम कुँवर क्षेत्री रहेका छन् । उनी जनता बैंकको सीइओ थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved