प्रभु बैंकद्धारा कोरोना संक्रमण रोकथामका लागि १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 07:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । नेपाल सरकारद्धारा स्थापित उक्त कोषमा बैंकले एक कारोड एक लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई  उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

बैंकले उक्त सहयोग राशीबाट कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved