बैंकहरुको ९ महिनाको कमाई उत्साहजनक हुँदैन: भुवन दाहाल, अध्यक्ष बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 05:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बाणिज्य बैंकहरुको तेस्रो त्रैमासको रिपोर्ट उत्साहजनक नआउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले गरेको भर्चुअल अन्तरक्रियाको क्रममा उनले लकडाउनको कारण बैंकिंङ क्षेत्रलाई धेरै नै प्रभाव पारेको बताएका हुन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले तेस्रो त्रैमासमा बैंकहरुको ६० प्रतिशत ब्याज नउठेको बताए । उनले केहि ऋणीको खाताबाट ब्याज ताने पनि उनीहरुले असारमा तिर्ने भनेकोले फिर्ता गरेकोले ६५ प्रतिशतसम्म ब्याज नउठ्ने आँकलन गरिएको बताए ।

यसका कारण बैंकको नाफामा पनि धेरै नै प्रभाव पार्ने उनको भनाई थियो । अहिलेको परिस्थिति विषम रहेकोले एनएफआरएसको प्रक्रिया पुरा गरी राष्ट्र बैंकसँग छलफल गरेर छिट्टै नै रिपोर्ट सार्वजनिक गर्ने दाहालले बताए । दाहालले उत्साहजनक रिपोर्टको अपेक्षा नगर्न समेत सुझाव दिएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved