चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंक Nepal Bank Limited को मुनाफा ११.०९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकले २ अर्ब २४ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९९ करोड मात्र नाफा गरेको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरण योग्य मुनाफा माइनस ६ करोड १९ लाख रहेको हो । कोरोना महामारीको कारण कर्जा तथा त्यसको ब्याज उठ्न नसकेपछि बैंकको वित्तीय अवस्थामा प्रभाव परेको हो ।
बैंकको निक्षेप ४.६९ प्रतिशतले बढेर १ खर्ब २२ अर्ब पुगेको छ भने कर्जा १०.०२ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १०.७३ प्रतिशतले घटेर ४ अर्ब २१ करोड कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७२ करोड रहेको छ । हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ८१ करोड रहेको छ भने रिजर्भमा १९ अर्ब २९ करोड रहेको छ ।
हाल बैंकको प्रति शेयर आम्दानी २७.१३, नेट वर्थ २९६.६३, मूल्य आम्दानी अनुपात ९.२५ गुणा, बेस रेट ७.४९ प्रतिशत, कोषको लागत ४.९१ प्रतिशत, सिसिडि ७३.६५ र पुंजी पर्याप्तता अनुपात १५.९० रहेको छ ।
बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो हुन् वित्तीय विवरणमा समायोजन हुन् बाँकि छ ।