चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा Nabil Bank Limited ले ३ अर्ब १५ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब १९ करोड नाफा कमाएकोमा बैंकको नाफा १.०१ प्रतिशतले घटेको हो ।
यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा २ अर्ब ९ करोड रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड रहेकोथियो ।
तेस्रो त्रैमाससम्ममा बैंकको निक्षेप ४.९५ प्रतिशतले बढेर १ खर्ब ७१ अर्ब पुगेको छ । त्यस्तै कर्जा प्रवाह १७.१७ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ०.७३ प्रतिशतले घटेर ५ अर्ब ३७ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड थियो ।
१० अर्ब ९ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १४ अर्ब ८६ करोड रहेको छ । बैंकको खराब कर्जा ०.६३ प्रतिशत रहेको छ ।
बैंकको प्रति शेयर आम्दानी ४५.७४, बेस रेट ७.८२ प्रतिशत, कोषको लागत ६.५५ प्रतिशत, सिसिडि ७८.८८ र पुंजी पर्याप्तता अनुपात ११.१७ रहेको छ ।