२१ बैंकको ब्याजदर घट्ने, ५ को बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 07:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बाणिज्य बैंकहरुको आधार ब्याजदर (बेसरेट) औसतमा ०.१२ विन्दुले घटेकाे छ । दोस्रो त्रैमासको तुलनामा बैंकहरुको औसत आधारदर ०.१२ बिन्दु अर्थात् १.२९ प्रतिशतले घटेको हो ।

यस अवधिमा २७ बाणिज्य बैंक मध्ये २१ बैंकको आधार दर घटेको छ भने ५ बैंकको बढेको छ । १ बैंकको भने आधारदर स्थिर छ । प्राइम बैंक, कुमारी बैंक, मेगा बैंक, सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकको आधारदर बढेको हो भने इन्भेस्टमेन्ट बैंकको आधार दर स्थिर रहेको हो । यी बाहेक अन्य सबै बैंकको आधारदर घटेको हो ।

अधिकांश बैंकको आधारदर घटेकोले ऋणीलाइ लगाइने ब्याजदर पनि घट्न सक्ने छ । बैंक अफ काठमांडूको आधारदर सबै भन्दा धेरै घटेकोले उसको ब्याजदर सबै भन्दा बढी घट्ने देखिन्छ । त्यस्तै बिओकेपछि, क्रमश सिटिजन्स, नेपाल , लक्ष्मीको ब्याजदर घट्न सक्ने छ । तर आधार दर बढेका बैंकहरु प्राइम, कुमारी, मेगा, सनराइज र राष्ट्रिय बाणिज्यका ऋणीकाे ब्याज भने बढ्न सक्नेछ ।

आधार दर धेरै नबढेकोले ब्याजको दर पनि धेरै घट्ने सम्भावना छैन । 

हेर्नुस कुन बैंकको आधार दर कति घटबढ ? 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved