मुद्दा जितेपछि इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता ल्यायो २ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 01:26:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले इटालीमा मुद्दा जितेपछि इटालीको बैंकबाट २ अर्ब रकम फिर्ता ल्याएको छ । बैंकले इटालीको बैंक (इन्टेसा सानपाओला एसपीए) बैंकबाट २ अर्ब नेपाली रुपैयाँ फिर्ता पाएको जनाएको हो ।

बैंकले तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) सँग मुद्दा जितेपछि पैसा फिर्ता पाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले रकम फिर्ता पाएको जानकारी दिए । बैंकले यस अघिको मुद्दा हारेपनि पनि पुनरावेदनमा जाँदा ट्रिबुनल डि बोलंगा अदालतबाट मुद्दा जितेको हो ।  

के थियो मुद्दा ? 

इटालीयन ठेकेदार कम्पनी सिएमसिको माउ कम्पनी टाट पल्टीएपछी नेपालमा मेलम्ची खानेपानी र तनहुँ हाइड्रोपावरको ठेक्का पाएको सिएमसि भागेको थियो। तनहुँ हाइड्रोको बैंक ग्यारेन्टी र ठेक्का सम्झौता पुरा भएपछी उक्त कम्पनी भागेको र तनहुँ हाइड्रोले लिखित पत्राचार गर्दा पनि उक्त कम्पनी नआएपछी २८ दिनको सुचना जारी गर्दै तनहुँ हाइड्रोले उक्त ठेक्का सम्झौता तोडेको थियो। 

ठेक्का तोडेसँगै तनहुँ हाइड्रो बैंकबाट जमानत वापतको करिब १ अर्ब ९२ करोड नेपाल इन्भेष्टमेन्ट बैंकबाट असुल गरेको थियो । बैंकले उक्त जमानतको लागि इटालीकै इन्टेसा सानपओलो बैंकबाट काउन्टर ग्यारेन्टी ल्याएको थियो । बैंकले तनहुँ हाइड्रोलाई जमानत रकम चुक्तानी गरेसँगै इटालीयन बैंकसँग दाबी गरेको थियो । 

ठेकेदार कम्पनीले भने नेपालमा काम गर्ने वातावरण नभएको तथा ठेकेदार कम्पनीले आफुमाथि छल गरेको लगायतका कारणले आयोजना छाड्नुपरेकाले बैंक ज्ञारेन्टी वापतको रकम भुक्तानी गर्न नसक्ने भन्दै स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोन्गा’ मा पुगेको थियो । त्यस समय उक्त अदालतले काउन्टर ग्यारेन्टी वापतको रकम नेपाली बैंकलाई भुुक्तानी गर्नुनपर्ने बताएसँगै नेपाल इनभेष्टमेन्ट बैकलाई समस्या परेको थियो । इन्भेस्टमेन्ट बैंक पुनरावलोकनमा जाँदा बैंकको पक्षमा फैसला भएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved